-->
 गोर्खाल्याण्ड्को माग व्यक्तिगत भए म ममतासंग मिलेर काम गर्ने थिए -विमल गुरुङ

गोर्खाल्याण्ड्को माग व्यक्तिगत भए म ममतासंग मिलेर काम गर्ने थिए -विमल गुरुङ

सिब्सु कुमानिवाट राजेश शर्मा, कालिमन्युज, 8 फरवरी 2016: गोर्खाल्याण्ड्को माग मेरो आफ्नो माग होइन यदि यो मागको लडाइ व्यक्तिगत भए म मुख्य मंत्री ममता ब्यानर्जीसंग मिलेर नै बस्ने थिए तर यो शहिदहरुको सपनाको माग हो । शहिदहरुकै निम्ति म इमान्दार छु । उक्त वक्तव्य गोजमुमो अध्यक्ष अनि गोक्षेप्र मुख्य कार्यकारी बिमल गुरुङ्ले कुमानी नजिक सिब्सुमा आयोजित वलिदान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन।
गोर्खाल्याण्डको आन्दोलनमा शहिद भएका  प्रमिला शर्मा, बिमला राई, निता खवास, बिक्की लामा, अकबर लामा अनि मंहल सिहं राजपुतको सम्झना गर्दै उक्त कार्यक्रम आयोजन गरिएको थियो। 8 फरवरी 2011मा सिब्सुमै शहिद भएका बिमला राई, निता खवास, बिक्की लामाको स्मरन गर्दै आफु नबिकेको अनि नबिक्ने साथै कसैलाई पनि बिक्री नगराएको गुरुङ्ले सम्बोधनमा बताए।
राज्य सरकारले राजनैतिक खेले खेलीरहेको आरोप लाउदै तिनले भने कि यदि गोर्खाल्याण्ड्राज्य बनियो भने त्यहा सम्पूर्ण जाती हुन्छ तथा मुसलमान, आदिवासी, बंगाली लगायत गोर्खा एक आपसमा मिलेर बस्ने छन्। उपस्थित डी एम आइ (डुवर्स मिल्लत ए इस्लामिया) का मुसलमानहरुलाई सम्बोधन गर्दै तिनले भने कि मुसलमानले अधिकार माग्यो भने पाकीस्तानको भन्छ भने गोर्खाले  आफ्नो माग राख्दा विदेशी भन्छ, यसैले हामीलाइइ न्याय चाहिंछ । ममता ब्यानर्जीले पहाड़मा आएर जात जातमा बिभक्त गर्ने राजनैतिक गरिरहेको आरोप लगाउदै तिनले आउदो चुनावको निम्ति चुनौति दिए ।
यस अवसरमा युद्धवीर उच्चतर माध्यमिक अनि कुमाइ उच्च विध्यालयको नानीहरुलाई स्कूल आउनु जानुको निम्ति एक एकवटा स्कूल बस स्कूलका प्रधान अध्यापकलाई दिइरहेको छु भन्ने घोषणासंगै सिलगड़ीमा बृहत जनसभा गरिने पनि गुरुङ्ले वक्तव्यमा बताए।      
डिएमआईका अध्यक्ष मक्ता खानले आफ्नो सम्बोधनमा विमल गुरुङ्लाई वजिरे आलम हुन भनि बताउदै गोर्खाहरु एक दलदेखी अर्को दलमा नजाने अपिल गरे भने यस समयमा गोर्खा जातीलाई मुसलिम जातीको पऊर्न समर्थन रहने जनाए।
दिवाकर गुरुङले संचालन गरेको कार्यक्रम डेपुटि चेयरम्यान लोपसांग लामाको स्वागत भाषण्बाट प्रारम्भ भएको कार्यक्रममा गोजमुमो महासचिव रोशन गिरी, विनय तामाङ, शामुएल गुरुङ, रोहीत थापा, जोन बारलाले सम्बोधन गरे।

0 Response to " गोर्खाल्याण्ड्को माग व्यक्तिगत भए म ममतासंग मिलेर काम गर्ने थिए -विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.