-->
कालेबुङमा विकास कार्यहरूको जानकारी लिन विमल गुरूङको भ्रमण

कालेबुङमा विकास कार्यहरूको जानकारी लिन विमल गुरूङको भ्रमण

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 9 फरवरी। ‘कालेबुङमा कार पार्किङको समस्या समाधानको कार्य अत्यन्तै ढिलो भइरहेको छ। यहाँको ट्राफिक समस्या समाधान गर्नका निम्ति हामीले चारसय वाहन अटाउने स्ट्याण्ड निर्माण गरिरहेका छौँ। उक्त कार्यमा ढिलो भइरहेको महशुस गरेर यसलाई झट्ट गर्ने आदेश दिएका छौँ’ उक्त कुरा सिब्सुबाट सहिद दिवस पालन गरेर अचानक कालेबुङ आइपुगेका विमल गुरूङले भनेका हुन्।
सिब्सुबाट उनी सहिद दिवस पालन गरेर सोमबार लाभा भएर आज कालेबुङमा भइरहेको बिकास कार्यको जानकारी लिन आइपुगेको बताए। अचानक कालेबुङ आइपुगेका गुरूङले आज कालेबुङको विभिन्न स्थानहरूको भ्रमण गरेका छन्। विशेष जीटीएद्वारा घोषणा गरिएको अनि निर्माण हुँदै गइरहेको स्थलगत भ्रमण गरेर गुरूङले जानकारी लिएका छन्।
यसक्रममा गुरूङले आज यहाँको डेलोमा निर्माणाधिन जलभण्डार, कुमुदिनी विद्याश्रमको निर्माण हुन लागेको मोडल स्कूल, कालेबुङ शहरदेखि गणेश मन्दिरसम्म जाने सडक, मेला ग्राउण्ड आदिको स्थलगत भ्रमण गरेर जानकारी लिएका छन्। यसक्रममा गुरूङले विकास कार्यहरूको के कति उन्नती भयो भन्ने विषयमा अनि आजसम्म घोषणा गरिएका कार्यहरू सुरू हुनमा भइरहेको विलम्बका बारेमा पनि जानकारी लिएका छन्। विभिन्न क्षेत्रहरूको स्थलगत भ्रमण गरिसकेपछि गुरूङले विभिन्न विभागका अधिकारी, नगरपालिका प्रशासन, पार्टी कार्यकर्ता आदिसँग यहाँको पार्टी कार्यलयमा बैठक पनि गरेका थिए।
उनले आजसम्म सञ्चालन नभएको विकास कार्यहरू यथाशिघ्र सुरू गर्नुपर्ने आदेश दिएका छन्। यहाँको पार्टी कार्यलयमा उनले बैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएले अघिबाट जतिवटा विकास कार्यहरूको घोषणा गरेका थिए त्यसको जानकारी लिन आएको बताउँदै कतिपय कार्यहरूमा विलम्ब भएको बताए। यस विषयमा सम्बन्धित कार्यका विभागीय अधिकारी अनि ठेकादारहरूलाई यथाशिघ्र काम गर्ने आदेश दिएको उनले जानकारी दिएका छन्।
‘कुमुदिनी विद्याश्रमलाई मोडल विद्यालय निर्माण गर्ने अघिबाटै घोषणा गरिएको छ। यसबारे विद्यालयमा गएर जानकारी लिएको छु। डेलोमा पिउने पानीको समस्या समाधान गर्न नयाँ जलभण्डार निर्माण भइरहेको पनि जानकारी लिए। कतिपय बाटोहरू निर्माण गर्ने प्रक्रिया आरम्भ भइसकेको छ। यसबारे सम्बन्धित विभागलाई आदेश दिएको छु’ विमल गुरूङले भने।
उनले कालेबुङको डेलो, मिरिकको कतिपय पर्यटक स्थल, जोरपोखरी आदि पर्यटकिय क्षेत्रहरूलाई निजी कम्पनीहरूलाई दिने पनि जनाएका छन्। ‘पहाडमा पर्यटन राम्रो व्यवसाय हो। हामीले यहाँका स्थानीय मानिसहरूलाई कार्य गर्ने जिम्मेवार दिएका थियौँ। तर, आजसम्म भनेजस्तो उनीहरूबाट जीटीएले आय गर्न सकेको छैन। यसकारण अब हामीले निजी कम्पनीहरूलाई उक्त पर्यटकिय स्थानहरू दिने विचार गरेका छौँ’ विमल गुरूङले स्पष्ट भने। उक्त पर्यटकिय क्षेत्रहरूमा जीटीएले बेरोजगारहरूलाई रोजगारको अवसर दिए पनि उनीहरूलाई वेतन समेत राम्रो दिन नसकेको बताउँदै निजी कम्पनीहरूलाई दिएको खण्डमा उक्त बेरोजगारहरूको आय राम्रो हुने तिनले बताए।
पत्रकारहरूसँग कुराकानीको क्रममा उनले कालेबुङको मेला ग्राउण्डलाई व्यवस्थित तरिकाले निर्माण गर्ने पनि जानकारी दिँदै यसबारे यथाशिघ्र कार्य हुने जनाए।
अर्कोतर्फ सोमबार जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले सिब्सुमा गोजमुमो पार्टीको गलत नीतिको कारण सहिद भएको भन्ने बयान प्रति प्रश्न गर्दा ‘उनीहरू माटोको निम्ति सहिद भएको हो’ भने। ‘अस्सिको दशकमा 12 सय सहिद भए। त्यसबारे कसैले गलत भयो भनेनन्। आज मोर्चाको आन्दोलनमा सहिद भएकाहरू गलत नीतिको कारण भयो भन्नु भूल हो। उनीहरू गोर्खाल्याण्डका निम्ति सहिद भएका हुन्। माटोको आन्दोलनमा सहिद बनेकाहरूलाई सहि र गलत भयो भन्ने कार्य मूर्खता मात्रै हो’ गोजमुमो अध्यक्ष विमल गुरूङले प्रतिक्रिया व्यक्त गर्दै भने।
उनले आफ्नो सम्बोधनको क्रममा आफूले जनतालाई समस्यामा पारेर राजनीति गर्न नचाहेको स्पष्ट पार्दै जनतालाई समस्यामा पार्ने राजनीति भविष्यमा पनि नगर्ने प्रतिबद्धता जाहेर गरे। पहाडका जनताले छुट्टै राज्य गोर्खाल्याण्ड चाहेको बताउँदै गोर्खाल्यण्डकै निम्ति आजसम्म सहिदहरू बनेको अनि सहिदको सपना पुरा गर्नकै निम्ति गोर्खाल्याण्ड नदिने राजनैतिक दलहरूसँग मिलेर नबसेको स्पष्ट पारे।
उनको आगामी दिल्ली यात्राबारे प्रश्न गर्दा चाँढै दिल्ली यात्रा गर्ने जानकारी दिँदै यसको उद्धेश्यबारे पछि जनतालाई स्पष्ट पार्ने पनि जनाए

0 Response to "कालेबुङमा विकास कार्यहरूको जानकारी लिन विमल गुरूङको भ्रमण "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.