-->
दार्जीलिङ्लाई सिक्किमसंग जोड़ेर नयाँ प्रदेश बनाउने केन्द्रको प्रयास

दार्जीलिङ्लाई सिक्किमसंग जोड़ेर नयाँ प्रदेश बनाउने केन्द्रको प्रयास

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 17 जनवरी । भिरको चिन्डो उधो -न -उभो भएको गोर्खाहरुको गोर्खाल्याण्ड्को माग केवल सपना मात्रै भएको छ। पटक पटक गरि भएको वृहत आन्दोलनमा प्रथम चोटिको आन्दोलन सन् 1986 देखी शुरु भएर् 22 अगस्त 1988 मा दागोपापमा बिसाएको थियो भने फेरी सन् 2007 को अक्टुबर 7 तारीख देखी शुरु भएको अर्को आन्दोलन ले पनि 18 जुलाई 2011 मा गएर गोक्षेप्रमा विराम गरेको थियो।
फेरि अर्को आन्दोलन शुरु गर्ने गोजमुमो प्रमुख बिमल गुरुंगको हुंकार बारम्बार आइनैरहेकोछ अन्य राजनैतिक दलहरुबाट पनि यस्ता घोषणाहरु समय समयमा भइनै रहेका छन। सर्व वृहत समर्थन पाएको गोजमुमो वर्तमानमा घटदो समर्थनको परिस्थितिको सामना गर्न व्यस्त हुनु वाध्य भएको छ। यस्तैमा पहाडमा आएको नया परिवर्तन र हावाले गोजमुमो सबै भन्दा बेसि प्रभावित भएको छ।
केहि दिन अघि बाग्राकोटमा भएको बिमल गुरुङको सभा पश्चात त झन डुवर्स अनि तराईको गोर्जमुमोमा पैह्रो जान लागेको छ। भकाभक गोजमुमो नेताहरुको राजीनामा बीच पश्चिम डुवर्सको बिनोद घतानी जस्ता अर्का नेताले पनि पार्टीदेखी राजीनामा दिएका छन। गोजमुमोले अब कलकत्तासंग होइन दिल्लीसंग हाम्रो माग हो भन्दै 16 देखी 19 जनवरीसम्म दिल्लीको जन्तर् मन्तरमा तिन दिने धर्ना गरेको थियो तर उक्त धर्ना दुई दिनमा नै उठाए पछि त्यसमा पनि एउटा प्रश्न चिन्ह देखा परेकोछ ।
यस सम्बन्धमा दार्जीलिङ्गका सांसद एस आहलुवालियासंग जानकारी लिदा तिनले भने कि विमल गुरुङले पनि दार्जीलिङ्गलाई बंगालदेखी छुट्याउने प्रयासमा पार्टीको स्थापना दिवसमा नै सिक्किमसंग गाभ्ने प्रस्तावना राखेका छन। एउटा सुत्र अनुसार केन्द्र सरकारले दार्जीलिङको समस्या समाधान गर्न पहाड़को भू –भागलाई केन्द्र शासित प्रदेश बनाउने या सिक्किमलाई नयाँ नाम दिएर सिक्किमसंग दार्जीलिङ्ग जोड्ने चर्चा गरिरहेकोछ।
तर के सिक्किमसंग दार्जीलिङ जोड़ीने कुरा सम्भव हो वा होइन भन्नेबारे छनबिन गर्दानकारात्मक उत्तरहरुनै बेसि देखिएका छन।
सिक्किम प्रदेश काग्रेसको अध्यक्ष भरत बस्नेतले त सिक्किम- दार्जीलिङ्ग विलय गराउने षड्यन्त्र चलि रहेको आरोप लगाएका छन । यता असम राज्यको सांसद आर पि शर्माले सिक्किमको नया नाम गोर्खा प्रदेश बनाउने प्रयास चलिरहको खुलासा गरेका छन। तिनले यो अड़कल कुन आधारमा गरे सो नबताए पनि आउदो दिनमा कतै सिक्किम प्रदेश बनाएर दार्जीलिङ्गलाई सिक्किममा बिलय गर्ने केन्द्रको प्रयास चलको त छैन भन्ने उल्टै प्रश्न पो तेर्साएका छन।

0 Response to "दार्जीलिङ्लाई सिक्किमसंग जोड़ेर नयाँ प्रदेश बनाउने केन्द्रको प्रयास"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.