-->
भारत तिब्बत मैत्री संघद्वारा मौन जुलुस

भारत तिब्बत मैत्री संघद्वारा मौन जुलुस

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर। तिब्बतमा चीनले आफ्नो आधिपत्य जमाएपछि त्यहाँका प्राकृतिक सम्पदाहरू नष्ट हुने क्रम जारी रहेको भारत तिब्बत मैत्री संघले अनुमान गरेको छ। जसको कारण अहिले घरी तिब्बतमा जलवायु परिवर्तन द्रुत गतिमा भइरहेको अनि यसको प्रभाव विश्वलाई नै पर्ने भारत तिब्बत मैत्री संघको ठहर रहेको छ। 
सोही कारण तिब्बतमा दिनो दिन बड्दो जलवायु परिवर्तनको मुद्दालाई विश्वको ध्यान आकर्षक गराउन आज कालेबुङ शहरमा भारत तिब्बत मैत्री संघको आयोजनामा एउटा शान्तिपूर्ण मौन जुलुस निकालिएको थियो। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कदेखि सुरू भएको उक्त मौन जुलुसमा विशेष गरेर तिब्बतीय समुदायका मानिसहरूको विशेश सहभागीता रहेको थियो। 
यस अवसरमा उनीहरूले उक्त जलवायु परिवर्तनमा विश्वले ध्यान दिनुपर्ने मागमा लेखिएका प्ला कार्डहरू बोकेका थिए। उक्त मौन जुलुसले यहाँको मेन रोड हुँदै डमबर चौक, दश माइल फाटक, आरसी मिन्त्री रोड, ओङदेन रोड हुँदै शहर परिक्रमा गरेपछि पुन: त्रिकोण पार्कमा नै आएर समापन भएको थियो। 
विशेष गरेर आगामी 30 नोभेम्बर देखि 11 दिसम्बर सम्म पेरिसमा विश्वभरी नै जलवायु परिवर्तन भइरहेको विषयमा विश्वकै महान व्यक्तिहरूमाझ संगोष्ठि सम्पन्न भइरहेको छ। उक्त संगोष्ठिमा तिब्बमा दिनोदिन परिवर्तन हुँदै गरेको जलवायुको मुद्दावारे पनि चर्चा हुनपर्छ अनि विश्वले नै यसमाथी ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सन्देश दिन नै भारत तिब्बत मैत्री संघले उक्त मौन जुलुस निकाल्ने कार्य गरेको हो।

0 Response to "भारत तिब्बत मैत्री संघद्वारा मौन जुलुस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.