-->
विमल  गुरुङले भाजपासंग गोर्खाल्याण्ड मागेको छैन – हर्क बहादुर छेत्री .....   गोर्खाल्याण्ड बारे नो कमेंट् - कैलास बिजय वार्गी

विमल गुरुङले भाजपासंग गोर्खाल्याण्ड मागेको छैन – हर्क बहादुर छेत्री ..... गोर्खाल्याण्ड बारे नो कमेंट् - कैलास बिजय वार्गी

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 23 नोभमबर । कालेबुङका बिधायक डा0 हर्क बहादुर छेत्रीले कालेबुङ जिल्ला स्थापनाको मागमा आयोजित कालेबुङको पेदोङको सभामा सम्बोधन गर्दा गोजमुमो प्रमुख बिमल गुरुङले भारतीय जनता पार्टी (भाजपा)संग गोर्खाल्याण्डको माग नराखेको आरोप लगाएका छन।
बिमल गुरुङको गोर्खाल्याण्ड जन-जागरण पदयात्राले लग-भग 52 दिनको पाइला टेक्दा नटेक्दैमा उक्त बक्तब्यलाई लिएर आज पहाड़ संगसगै तराई अनि डुवर्समा पनि एउटा चर्चाको खबर बनेको छ ।
गणतान्त्रिक आन्दोलनको एक अस्त्रको रूपमा हामीले गोर्खाल्याण्ड जनजागरण पदयात्रा गरेका हौं र गणतान्त्रिक देशमा उक्त गणतान्त्रिक आन्दोलनको अवश्यै सम्मान हुनेछ भन्ने मलाई विश्वास छ। गोर्खाल्याण्ड जनजागरण पदयात्राले सफलतापूर्वक 52 दिन पार गर्नुको पछिल्तिर सबभन्दा ठूलो श्रेय पहाड़को गोर्खाल्याण्ड प्रेमी जनताहरु प्रति छ भनेर बिमल गुरुङ भन्छन।
तर यो पदयात्राले पहाड़मा कुनै खासै असर नपारेको डा0 हर्क बहादुर छेत्रीले मंतव्य पोखेका छन। यसबारे बिमल गुरुङसंग दुरभाषमा प्रश्न गर्दा तिनले भने कि आफु जनताको हित अनि गोर्खाल्याण्ड प्राप्तिको निम्ति पदयात्रा गरि रहेको छु अनि आफु इमान्दारी रहेको प्रमाण जनतालाई थाहालागीसकेको छ्, डा0 हर्क बहादुर छेत्रीले जे बोल्छ बोली रहोस त्यसमा म टिप्प्णी गर्दीन, आफु अहिले पनि पदयात्रामा नै समय बिताई रहेको छु र् चाड़ै दिल्ली तर्फ लाग्ने छु ।
य़ता कालेबुङको विधायक डा0 हर्क बहादुर छेत्रीले भाजपा गोर्खाल्याण्ड प्रति इमान्दारी छैन भन्ने बक्तब्य बारे भाजपा बंगाल राज्य प्रभारी अनि भाजपाको मूलसचिव कैलास बिजय वार्गीसंग प्रश्न गर्दा तिनले गोर्खाल्याण्डको शब्दमा धरि आफुलाई नपचेको प्रतिकृया दिदै गोर्खल्याण्डको बारेमा कुनै उत्तर दिन इनकार गरे।

0 Response to "विमल गुरुङले भाजपासंग गोर्खाल्याण्ड मागेको छैन – हर्क बहादुर छेत्री ..... गोर्खाल्याण्ड बारे नो कमेंट् - कैलास बिजय वार्गी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.