-->
हरियाणामा गोर्खाहरूले निकाले प्रतिवाद जुलुस  .....पुलिस अधिकारीद्वारा गोर्खे चेलीहरुप्रति अभद्र टिप्पणी

हरियाणामा गोर्खाहरूले निकाले प्रतिवाद जुलुस .....पुलिस अधिकारीद्वारा गोर्खे चेलीहरुप्रति अभद्र टिप्पणी

दैनन्दिनी समाचार, (डी के वाइबा अनि राजेश शर्मा) कालिमन्युज, कालेबुङ 20 मई। गत शनिवार 16 अप्रेलको राती हरियाणाको गुडगाउँमा तिन गोर्खाहरुलाई अमानवीय ढंगमा कुट्पिट गरेर् गम्भिर घाइते बनाएको घटनालाई केन्द्र गरेर आज देशको राजधानी दिल्ली अनि वरिपरि क्षेत्रमा बसोबास गर्दै आइरहेका उत्तरपूर्वीय क्षेत्र अनि दार्जीलिङ जिल्लाका गोर्खा समुदायका मानिसहरूले गुडगाउँमा एक प्रतिवाद जुलुस निकाले।
दार्जीलिङ जिल्लाको तक्दाह टिस्टाभ्याल्ली निवासी अभिषेक राई, सागर राई अनि देवकुमार सुब्बालाई गुडगाउँमा निर्मम तरिकाले कुटपिट गर्दै हत्या समेत गर्ने प्रयास गरे पनि हरियाणा पुलिसले आरोपीहरू विरूद्ध हत्याको मामिला भने दर्ता गरेको थिएन। यसरी हरियाणा पुलिसले भेदभावपूर्ण नीति अप्नाएर आरोपीहरू बिरूद्ध हत्याको प्रयासमा भारतीय दण्ड संहिताको धारा 307 अन्तर्गत मुद्दा दर्ता नगरेको बिरोध गर्दै उक्त प्रतिवाद जुलुस गुडगाउँको सहारा मलदेखि निकालिएको थियो।
दिल्ली, एन सी आर् र वरिपरिको विभिन्न क्षेत्र लगायत हरियाणाको गुडगाउँ नोइडा अनि संलग्न क्षेत्रमा बसोवास गर्ने दार्जीलिङ पहाड लगायत सम्पूर्ण उत्तरपूर्वीय क्षेत्रका गोर्खाहरू उक्त प्रतिवाद जुलुसमा सहभागी बनेका थिए। यी क्षेत्रमा बसोबासो गर्ने दार्जीलिङ अनि उत्तरीपूर्व क्षेत्रका विभिन्न जात गोष्ठीहरुले जातिय भेदभावको आक्रमण र प्रताड्ना सधै सहिरहनु पर्ने अनि हत्यासम्मको घटना बारम्बार भैरहेकोले सबैले असुरक्षित अनुभव गरेका छन। यसैको प्रतिवाद गर्दै जुलुसले तक्दाह टिस्टाभ्याल्लीका तीनजना युवकहरूलाई कुटपिट गरेको घटनालाई आधार गर्दै प्रशासनले पनि कोल्टे न्याय गर्ने गरेको आरोप लगाउदै पुलिस प्रशासनले कडा कानुनी कार्वाही गर्नुपर्ने मागमा नाराबाजी लगाएका थिए। सयौँको संख्यामा भेला भएका गोर्खा समुदायका मानिसहरूले घटनाको बिरोध संगै तथाकथित हरियाणा पुलिसको भेदभावपूर्ण नीतिको पनि जोडदार बिरोध गर्दै नाराबाजी लगाएको थियो।
जुलुसमा सहभागी बनेकाहरूले हात हातमा आरोपीहरूलाई कडा कानुनी कार्वाही गर्नुपर्ने मागमा लेखेका प्ला कार्डहरू पनि बोकेका थिए। जुलुसले जोडदार नाराबाजी गर्दै सुसांत लोक स्थित हरियाणा पुलिसको डीसीपी कार्यलयसम्म पुगेको थियो भने त्यहा पनि पिडीतहरूलाई न्याय अनि आरोपीहरूलाई कडा सजायको मागामा नाराबाजी लगाउदै धर्ना दिए। यसै अवधी पिडीतहरूलाई यथाशिघ्र न्याय दिनुपर्ने माग गर्दै हरियाणा पुलिसले आरोपीहरू बिरूद्ध हत्याको प्रयास गरेको सम्बन्धमा भारतीय दण्ड संहिताको धारा 307 अन्तर्गत मुद्दा दर्ता गर्नुपर्ने मागमा ज्ञापन पत्र सुम्पिएको थियो।
विभिन्न पार्टी र संघ सस्थालाई प्रतिनिधित्व गर्दै आएका गोर्खा समूहले अल इण्डिया गोर्खा कम्युनिटीको नाउमा हरियाणा पुलिसलाई जोडदार दबाव दिँदै उक्त ज्ञापन पत्र दिएपछि भने डी सी पी दिपक साहरानले आखिरमा आरोपीहरू बिरूद्ध हत्याको प्रयास गरेको आरोपमा भारतीय दण्ड संहिताको धारा 307 मुद्दा दर्ता गरेर एफ आइ आर र चार्ज सिट्मा सो उल्लेख गर्ने आश्वासन दिए।
यसका साथै आरोपीहरूले जातिको आधारमा हिंसा फैलाउन खोजेको आरोप लगाउँदै यस सम्बन्धमा पनि पुलिसले उनीहरू बिरूद्ध भारतीय दण्ड धारा 153 अन्तर्गत मुद्दा दर्ता गर्नुपर्ने माग गरेको सम्बन्धमा पुलिसले छानबिन गरेर आवश्यक परे उक्त मुद्दा दर्ता गर्ने आश्वासन पनि दिएको छ। यसबारे डीसीपी साहरानसंग प्रश्न गर्दा आस्वासन दिएको कुरो स्वीकारे। तिनले हमलामा संलग्न अन्य आरोपिहरुलाई पनि पक्राउ गर्नेछौ भनि बताए। अर्कोतिर यसै अवधी हरियाणा पुलिसका एक अधिकारीले प्रतिवाद जुलुसमा सहभागी बनेका गोर्खा चेलीहरूलाई धन्देवाली भनि सम्बोधन गरेर अभद्र व्यहार गरेको आरोप लागेको छ।
सागर राई अस्पतालबाट छुट्टी पाएपछि
प्रतिवाद जुलुसले डीसीपी कार्यलय अघि प्रतिवाद गरिरहेको समयमा उक्त अधिकारीले गोर्खा यूवती वा नारीहरु यस क्षेत्रमा मोमो बिक्रीको बहाना गरेर देह बेच्ने काम गर्छन भन्ने टिप्प्णी गरेपछि उक्त जुलुस अझ उग्र बनेको थियो। यस विषयमा पुलिस प्रशासन अनि जुलुसमा सहभागी बनेकाहरूमाझ जोडदार भनावैरी समेत चलेको थियो भने । मौकाको फायदा उठाइ उक्त पुलिस अधिकारीले त्यहाबाट चम्पट कसेका थिए।
यसै अवधी आरोपी पुलिस विरूद्ध पनि कानुनी कार्वाहीको माग गर्दै उक्त जुलुसले थानामा प्राथमिकी दर्ता साथ एक ज्ञापन पनि ट्क्राए । यस सम्बन्धमा हरियाणा पुलिसका डीसीपीले आरोपी पुलिसलाई डाकेर छान बिन गरेर कार्वाही गर्ने आश्वासन दिएको छ । उक्त सम्बन्धमा बोल्दै सचिन राईले गोर्खा तथा उत्तरपूर्वीय क्षेत्रका मानिसहरू माथी हुने गरेको घटनाको बिरोधमा प्रशासनको ध्यान आकर्षण गर्दै पिडीतहरूको न्यायको निम्ति प्रतिवाद जुलुस निकालेको टेलिफोनिक बातचितको क्रममा जानकारी दिएका छन्। उनले उक्त प्रतिवाद जुलुस कुनै राजनैतिक पार्टीको नेतृत्वमा ननिकालिएको बताउँदै आपदको समयमा पिडीतहरूको न्यायको निम्ति सबै गोर्खाहरू मानवताको नातामा एक भएर जुलुस निकालेको तिनले अझ बताए।
“तीनजना गोर्खाहरूलाई निर्ममतापूर्वक कुटपिट गरेर हत्या गर्ने प्रयास गर्दा समेत हरियाणा पुलिसले हत्याको प्रयास गरिएको मामिलामा मुद्दा दर्ता गरेको थिएन। यो भेदभावपूर्ण नीति हो। हामी यसको बिरोध गर्दै हत्याको प्रयासमा मामिला दर्ता गर्नुपर्छ भनेर दबाव दिन प्रतिवाद जुलुस निकालेका हौँ” सचिन राईले भने। उक्त प्रतिवाद जुलुस निकालेर दबाव दिएपछि मात्रै पुलिसले हत्याको प्रयास मामिलामा मुद्दा दर्ता गरेको तिनले जानकारी दिए।
यसैक्रममा प्रतिवाद जुलुसको अवधी हरियाणा पुलिसका एकजना अधिकारीले गोर्खा चेलीहरूलाई अपशव्द प्रयोग गर्दै दुर्व्यवहार गरेको तिनले जानकारी गराए। यस समबन्धमा थानामा आरोपी पुलिस बिरूद्ध प्राथमिकी दर्ता गरेर आरोपी पुलिसलाई कानुनी कार्वाही गर्नुपर्ने माग गरेको जानकारी दिएका छन। उक्त विषयमा आरोपी पुलिस विरूद्ध हरियाणा पुलिसका डीसीपीले कार्वाही गर्ने आश्वासन दिएको सचिन राईले अझ बताएका छन्। यस घट्नाबारे दार्जीलिङ्का सांसद एस एस आहलुवालियाले कडा शब्दमा निन्दा गर्दै पुलिसलाई आवश्यक कार्यवाही गर्ने निर्देश दिएका छन। यता सागर राईलाई आज साझदेखि एम्सबाट छुट्टी दिइएको छ।

0 Response to "हरियाणामा गोर्खाहरूले निकाले प्रतिवाद जुलुस .....पुलिस अधिकारीद्वारा गोर्खे चेलीहरुप्रति अभद्र टिप्पणी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.