-->
डुवर्समा हुने गोर्खा मेलालाई लिएर बैठक सम्पन

डुवर्समा हुने गोर्खा मेलालाई लिएर बैठक सम्पन

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 24 मार्च । डुवर्सको मुटू मानिने जयगाँउमा हुन लागेको गोर्खा आदीवासी सांस्कृतिक उत्सवबारे आज एउटा जरुरी बैठक बस्यो। आर पी वाइबाको अध्यक्षतामा भारत भोटाङ् सिमामा रहेको जयगाँउको गोर्खा भवनमा बसेको बैठकमा यस उत्सवबारे चर्चा गरियो।
गोर्खा मेलाका सचिव सुरज रोकाले पत्रकारलाई दिएको जानकारी अनुसार यस मेलामा असम प्रान्तका बिनोद शर्माको सन्योजक्त्वमा नेपाली जातीय सस्कृति आदिका सामाग्रीहरु प्रदर्शन गरिनेछ भने मेलामा गोक्षेप्र तथा गोजमुमो अध्यक्ष बिमल गुरुङ स्वयँ उपस्थित हुनेछन।
यस मेलामा गोर्खा एंव आदिवासी नेताहरुलाई निम्त्याइने निर्णय लिइएकोछ् । आफ्ना आफ्नो जातीको भेष भूषा लगायत खान पानहरुलाई पनि मेलामा प्रदर्शन र विक्री गरिने बैठकमा तय गरियो । मेला आयोजनाबारे त्रिलोक चन्द रोकाले बताए कि डुवर्समा गोर्खा एंव आदीवासी जाती बाहेक् अन्य जातीहरुमा राभा, कोचे मेचे (राजवशी अनि बोरो) लगायत आदि जाती छ्न । यी जातीहरुको आआफ्नो रहन सहन, सस्कृति लगायत प्रमुख हात हतियार अनि खानपानलाई प्रदशर्न गर्न आवस्यक भएकोले यो मेला आयोजन गरिएको भनि बताइएको छ।
यस चार दिनव्यापी हुने उत्सवमा कबि गोष्ठी, सास्कृतिक सेमिनार, सास्कृतिक कार्यक्रम, प्रदर्शन आदि राखिने छ । सभामा डुवर्सका आदिवासी नेता जोन बारला, एस एक्का, गुरण उराउ लगायत भागोपका नेता सुकमान मोक्तान, ललित न्यासुर, काजिमान गोले, बी बी खवास लगायत धेरै गोर्खा नेताहरुको उपस्थिति रहेको थियो ।

0 Response to "डुवर्समा हुने गोर्खा मेलालाई लिएर बैठक सम्पन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.