-->
नोभेम्बरमा पाँच दिने दिल्लीमुखी गोर्खाल्याण्डको आन्दोलन हुने

नोभेम्बरमा पाँच दिने दिल्लीमुखी गोर्खाल्याण्डको आन्दोलन हुने

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 31 अगस्त 2014। भारतको राजधानी दिल्लीबाट शनिवार बेलुकी गोर्खा जनमुक्ती मोर्चाका अध्यक्ष एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन( जिटिए ) चिफ बिमल गुरुङले आउदो नोभेम्बरमा पाँच दिने गोर्खाल्याण्डको आन्दोलन हुने खुलासा गरेका छन। 
आउदो नोभेम्बर महिनामा संसदकालिन समयमा यो दिल्लीमुखी कार्यक्रम हुने घोषणा दिल्लीको गोर्खा भवनबाट दिल्ली गोजमुमो शाखाको नयाँ कमिटि गठनको समयमा गरेको दिल्ली गोजमुमो सुत्रबाट जानकारी प्राप्त भएको छ ।
यस सम्वन्धमा बर्तमान गोजमुमो दिल्लीका मूलसचिव रुस्तम छेत्रीले दुरभाषमा दिएको जानकारी अनुसार दिल्ली गोजमुमो शाखाको बिगत तिनसालदेखी चल्दै आएको कमिटिको चुनाउ आज अध्यक्ष बिमल गुरुङको उपस्थितिमा गरियो । यस चुनाउमा दिल्ली गोजमुमोको पूर्व पार्टी अध्यक्ष मनोज शंकरनै यसपाली पनि पुन निर्वाचित भए । उपाध्यक्ष दिनेस (किसेर) लावर, सुदेश थापा चुनिए । 
मूलसचिवको रुपमा रुस्तम छेत्री, सहसचिव किरण राई , डिके रसाईली र मिलन गुरुङ कोषाध्यक्ष दिपमाला तामङ, शान्ती राई चुनिए। केन्द्रिय कमिटि एंव देहरादुन लगायत गोजमुमोको आन्दोलनको रुपरेखाको समंवयन गर्नको निम्ति लोपसांङ लामा र सागठनिक सचिवको रुपमा राकेस थापा लगायत 21 जनाको कार्यकारी कमिटि गठन गरिएको जानकारी छेत्रीले गराए । 
यस अवसरमा बिमल गुरुङले दिल्ली शाखा समक्ष धेरै आशाबादी भएको अनि गोर्खाल्याण्डको आन्दोलनलाई दिल्लीमा राम्रो रुपले संचालन गर्न सक्षम हुने छ भनि आशा राखेको बताए । तर कतिपय दिल्ली गोजमुमोका प्रतिनिधिले बताए अनुसार वर्तमान चुनिएको समितिले बिगतका सचिवको भन्दा राम्रो काम गर्न सक्षम हुनेछ के भन्ने निश्चित भने नभएको कुरो चर्चामा आएको छ । 
यस सम्वन्धमा बर्तमान दिल्ली गोजमुमो अध्यक्ष मनोज शंकरसग जानकारी मांग्दा तिनले भने नोभेम्बर महिनामा पाँच दिने गोर्खाल्याण्डको निम्ति जन्तर मंत्रतरमा धर्ना एंव तालकोटा स्टेडियममा सर्व भारत गोर्खा जागरुकता वा एकता सभा आयोजन हुने छ भनि बिमल गुरुङले त्यही सभामा घोषणा गरेको बताए ।

0 Response to "नोभेम्बरमा पाँच दिने दिल्लीमुखी गोर्खाल्याण्डको आन्दोलन हुने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.