-->
नेपाली भाषाको भाँडभैलोमा भाषाप्रेमीहरू मौन

नेपाली भाषाको भाँडभैलोमा भाषाप्रेमीहरू मौन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 जुलाई 2014। नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता पाएको 22 वर्ष पुरा गर्न लाग्दा नेपाली भाषाको अवस्था भने दिन दिनै अवनतिको बाटोमा अग्रसर बन्दै गईरहेको छ। 
एक समय नेपाली भाषामा “पोलियो’को बिज्ञापन गलत छापिन्दा सबैतिर् बिरोध प्रदर्शन र धर्ना भएको थियो भने अहिलेघरी नेपाली पाठ्य पुस्तकमा नै गलत छापिन्दा समेत नेपाली भाषीहरू मौन बस्नु एउटा रहस्यकै बिषय बनेको छ। अरु तके नेपाली भाषा शिक्षक शिक्षिकाहरुलेनै नबोले कसले बोल्ने भनि पालो पर्खा पर्खी गरेको जस्तो पनि भान भएको छ। 
नेपाली भाषाको लापारवाहीको पोल यसपल्ट ‘पश्चिम बङ्गाल काउन्सिल अफ हायर सेकण्डरी एजुकेसन’ले प्रकाशित गरेको एघारौँ अनि बाह्रौँ श्रेणीको नेपाली पाठ्य पुस्तकले खोलीसकेको छ भने अर्कोतर्फ नेपाली भाषाकै चर्चित नेपाली दैनिकमा ‘जर्ज टेलिग्राफ’ले प्रकाशित गरेको बिज्ञापनमा नेपाली भाषाको अर्को लापरवाहीको पोल पनि खोलीदिएको छ। ‘
पश्चिम बङ्गाल काउन्सिल अफ हायर सेकण्डरी एजुकेसन’ले गत वर्ष 2013मा प्रकाशित गरेको एघारौँ अनि बाह्रौँ श्रेणीको आवरण पृष्ठमा नै गलत छापिएको छ। उक्त पुस्तक बिभागले 2013मा प्रकाशित गरेको हो भने यसवर्ष देखी एघारौँ अनि बाह्रौँ कक्षामा पठन पाठन शुरू भईसकेको छ। पुस्तकको आवरण पृष्ठमा एघारौँ श्रेणीको स्थानमा ‘एथारौँ’ अनि बाह्रौँको सट्टा ‘बाघ्रैँ’ लेखिएको छ। उक्त भूललाई ट्ङ्कन गलत भएको मान्न सकिन्छ भने ‘बोर्ड अफ स्टडीज इन नेपाली’का सदस्य उज्ज्वल बम्जनले प्रेसबाट गलत छापिएको स्पष्टिकरण दिईसकेका छन। यद्यपी उक्त भूलले पुस्तक प्रकाशन अघि यसको फाइनल प्रुफ या प्रिंट प्लेट्को‘सत्यता जाँच’ भने गरिएन ? भन्ने टट्कारो प्रश्न खडा भएको छ। 
यसका साथै पुस्तकको भित्री पातोमा उपन्यास ‘जुनेली रेखा’ को लेखक ‘प्रकाश कोविद’ लेखेर नेपाली भाषा माथीको लापरवाही सबैको अघि उघारिदिएको छ। नेपाली भाषाको लापरवाही नेपाली पाठ्य पुस्तकमा नै भईरहेको पोल खोलीएपछि यता चर्चित नेपाली दैनिक समाचार पत्रिकामा प्रकाशित ‘जर्ज टेलिग्राफ’को बिज्ञापनले नेपाली भाषीहरूलाई घात पुर्‍याईदिएको छ। 
“केन्द्रे र राज्ये को नया स्थायी सरकार देश मा पूरण करने चले 10,00,00, शून्यपद-सफलता की बयान्टि दे रहा है जर्जकी जीएससीई मा” चर्चित नेपाली दैनिकमा प्रकाशित बिज्ञापनको नेपाली रूप यस्तो छ। यसका साथै “सरकारि नौकरी को प्रशिक्षणमा जीएससीई सवसे पहले किउ हुनेछ” जस्ता नेपाली भाषाको प्रयोगले नेपाली भाषाकै खिल्ली उडाईरहेको छ। शब्दहरुको अर्थ समेत लगाउँन गाह्रो पर्ने उक्त बिज्ञापनमा अझ लेखिएको छ – “बिभिन्न प्रतियोगितामूलक परीक्षा के लिए साम्प्रातिक तथ्य सरवराह”। 
यस लगायत उक्त बिज्ञापनको अन्य भागहरुमा पनि नेपाली भाषाको लापरवाही प्रयोगले समाचार पत्रकै गरिमालाई समेत खिल्लि उडाएको छ। नेपाली भाषाको यस्तो लापरवाही प्रयोग हुँदा समेत नेपाली भाषा प्रेमीहरू मौनता साँचेर बस्नुको घट्नाले भाषा प्रेमीहरुको भाषा प्रेममाथी पनि शंका खडा भएको छ। “ज्यान दिन्छौँ प्राण दिन्छौँ नेपाली भाषा लिन्छौँ लिन्छौँ” स्लोगान लगाउँदै 36 वर्ष आन्दोलन गरेर आखिरमा संवैधानिक मान्यता प्राप्त गरे पछि नेपाली भाषाको अपेक्षाकृत बिकासको साटो अहिले बिनास नै भईरहेको छ। भाषा परिवर्तनशिल भएको कारण यसको स्वरूप पनि समय समयमा परिवर्तन हुने गर्छ। 
यसरी परिवर्तन हुने क्रममा नेपाली भाषाको स्वरूप भने नेपाली भाषीहरूले नै पढ्न समेत नसक्ने अवस्थामा पुग्दै गईरहेको छ। बिगतका दिनहरूमा नेपाली भाषा प्रेमीहरू भाषाको गलत प्रयोग हुँदा सडकमा निस्केर बिरोध गर्थे, धर्ना प्रदर्शन गर्थे। तर अहिले भने नेपाली भाषाको गलत प्रयोग मात्र होईन बुझ्नै नसक्ने गरी प्रयोग हुँदा समेत भाषा प्रेमीहरू मौन बस्नुको घट्नाले सबैलाई आश्चर्यचकित बनाईदिएको छ।

0 Response to "नेपाली भाषाको भाँडभैलोमा भाषाप्रेमीहरू मौन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.