-->
सुभास घिसिङ सिलगड़ी जादैमाँ बिपक्षीले पहाड़ छोड़यो भन्नु उचित होइन् – मनि गुरुङ

सुभास घिसिङ सिलगड़ी जादैमाँ बिपक्षीले पहाड़ छोड़यो भन्नु उचित होइन् – मनि गुरुङ

राजेश शर्मा, कालिमन्युज, दार्जीलिग 21 जुलाई । दार्जीलिङको गोरामुमो प्रमुख सुवास धिसिङले आज पहाड़ छोड़ेको खबरले पहाड़मा हलचल मचिएको छ। तिनले आज दिउसो पहाड़ देखी मधेस प्रस्थान गरे पछी पहाड़मा रहेका गोरामुमो पार्टी समर्थकहरुको अनुहारमा निरासाको लहर छाएको वा दुखको लहर देखिएको छ । 
हालैमा भएको 16 औ लोकसभा चुनाउको समयमा गोरामुमो सुप्रीमो सुभाष घिसिङले पहाड़ चढेर दार्जीलिङ्को डा0 जाकिर हुसेन रोड स्थित आफ्नो निजि बासस्थानमा रहल समय् बिताउदै पार्टीमा राजनैतिक भूमिका पनि निभाउदै थिए अनि साथैमा गोरामुमो पार्टीको केन्द्रिय कार्यलय पनि स्थापित गरेका थिए । तर पहाडमा ममताको भ्रमण पश्चात ममता ब्यानर्जीले बिमल गुरुङसंग पुन: भेट गरे पछि पहाड़को राजनैतिक माहौलमा हलचल हुने संकेत आरम्भ भएको थियो। तर आज अचानक बेलुकी पख लग-लभ चार बजेतिर गोरामुमो प्रमुख सुभास घिसिङले दार्जीलिङको आफ्नो निजि बासस्थानदेखी दार्जीलिङ छोड़ेको खबर फैलन साथ विभिन्न प्रकारका अड्कल काटिएकोछ। 
यस सम्बन्धमा घिसिङ संग केही समयदेखी संगै बस्दै आएका मनि गुरुङसंग सम्पर्क गर्दा तिनले भने फैलिरहेका विभिन्न प्रकारका अफवाह पहाड़मा रहेको बिभिन्न राजनैतिक पार्टीहरुले बदनाम गर्ने प्रयास मात्र हो जब कि सुभास घिसिङ एक वृध्द अवस्थामा पुगेका मानिस हुन उनलाई घरि घरि डाक्टरी जाँचको आवस्यक पर्छ जसको निम्ति तिनी दार्जीलिङदेखी सिलगड़ी डाक्टर जाँचको निम्ति गएका हुन। तिनले भने अब सुभास घिसिङ्ले दार्जीलिङदेखी गाड़ी चड़ी हिड़दैमा यस्तो अफवाह फैलंन्छ भने गाडीमा हिड्दै नहिड़ुन पर्ने समय आएको रहेछ भनि तिनले भनि तिनले हास्दै उत्तर दिए। 
यसै सन्दर्भमा एक सुत्रबाट प्राप्त जानकारी अनुसार् सुभास घिसिङको बिमारको चिकित्सा कलकत्तामा चल्दैँ आइरहेको थियो यसैले तिनी चिकित्साको निम्ति कलकत्ता तिर लागेको हुन सक्ने अड़कल लगाइएको छ। तर अर्कोतिर बिमल गुरुङ अनि ममता ब्यानर्जीको बैठकले सुभाष घिसिहको मनमा हलचल मचाएकोत होइन् भन्ने प्रश्न पनि उठेकोछ ।
कतै बिमारीको चिकित्साको बहाना बनाई सुभास घिसिङ ममता ब्यानर्जीसंगै भेट गर्नको लागी हिडेका त होइनन भन्ने पनि प्रश्न उठेको छ । या त 16 औ लोक सभामा चुनाउमा सुभास घिसिङ्को पार्टी गोरामुमोले तृणमूललाई समर्थन दिएको थियो यसै सम्बन्धमा कतै ममताले नै घिसिङ्लाई बोलाएका होइनन भन्ने प्रश्नको चपेटमा पहाड़ गुंजन लागीरहेको छ ।

0 Response to "सुभास घिसिङ सिलगड़ी जादैमाँ बिपक्षीले पहाड़ छोड़यो भन्नु उचित होइन् – मनि गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.