डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 अप्रेल: बाह्र बर्ष पछि पुन: तीन कटहरे घट्नाकाण्डका आरोपिहरु न्यायको निम्ति न्यायालय धाउँन परिरहेको छ। आरोपिहरुलाई अदालतले अघिल्लो सुनवाईमा आज पुन: हाजिर हुने निर्देश दिएको कारण आज मोठ 13 जना आरोपिहरुले अदालतमा आफ्नो उपस्थिति दिए भने अघिल्लो सुनवाईमा अनुपस्थित रहेका आरोपि आकास गुरुङ पुन: हाजिर नहुँदा तिनको नाममा नन बेलेबल वारण्ट जारी गरेको छ। जमातमा छुटेका आरोपिहरुले सुनवाईको अवधी अदालतमा आफ्नो हाजिरी दिनुपर्ने भए पनि तिनी लगातार रुपले हाजिर नभएपछि आज अदालतले तिनको बिरुद्ध पक्राउको वारेण्ट जारी गरेको सुत्रले जानकारी दिएको छ।
तीन कटहरे जंगलमा पुलिस अनि सशस्त्र हतियार धारी मानिसहरु माझ भएको भिड्न्तमा एकजना होम गार्ड अनि एकजना जंगीको घट्नास्थलमा नै मृत्यु भएको थियो। उक्त घट्नाकाण्ड त्यतिबेला भएको थियो जतिबेला कतिपय जंगीहरुले जंगलमा सशस्त्र तालिम लिईरहेको थाह पाएर पुलिसले धावा बोलेको थियो। 11 नोभेम्बर 2000 को दिन जलढका थान क्षेत्र अन्तर्गत पर्ने तीनकटहरे जंगलमा उक्त सशस्त्र तालिम कसले अनि कुन उद्देश्यले गरिरहेको थियो भन्ने कुराको कसैले सुईको समेत नपाए पनि घटनालाई जीएलओ नेता छत्रसुब्बा सित जोडिएर हेर्ने काम भएपछि पुन: छत्रे सुब्बा चर्चामा आएको थियो।
त्यसपछि सन 2007 मा पुलिसले दर्ता गरेको चार्जसिटमा छ्त्र सुब्बा, अधिवक्ता अमर लामा, गोजमुमो नेता नोर्देन लामा, छत्र सुब्बासितै जेल बसेर छुटेका बिजय छेत्री, एन टी मोक्तान लगायत 19 जनाको नाम आरोपिको रुपमा दर्ता गतरिएको छ। जसमध्ये 5 जनालाई अदालतले अगावै भगौडे घोषित गरेको थियो भने उक्त भगौडे घोषणा गरेकाहरु मध्ये राजेन राईले गत 27 मार्चको दिन यहाँको अदालतमा आत्मसमर्पण गरेका छन। गत 30 मार्चको दिन भएको सुनवाई कार्यमा 14 जना आरोपिहरुले आफ्नो उपस्थिति दिनु पर्ने भएको थियो तर, आरोपि आकास गुरुङ हाजिर नहुँदा कुनै सुनवाई भएको थिएन जसको कारण अदालतले आज पुन: हाजिर हुने निर्देश जारी गरेको थियो। अदालतले दिएको आदेश अनुरुप अघिल्लो सुनवाईमा हजिर बनेका 13 जना आरोपिहरुले आज आफ्नो उपस्थिति अदालतमा दिए पनि पुन: आकास गुरुङ हाजिर नरहेपछि तिनको बिरुद्ध पक्राउ वारेण्ट जारी गर्नुको साथै आगमी 26 अप्रेलको दिन पुन हाजिर हुनु पर्ने आदेश जारी गरेको छ।
यता अदालतमा आफ्नो हाजिरी दिन आएका घट्नाका आरोपि अमर लामाले पत्रकारहरुसित छोटो कुराकानीमा एकजना आरोपिले अदालतमा आफ्नो हाजिरी नदिएको कारण तिनको बिरुद्ध वारेण्ट जारी भए पछि उक्त मुद्दा अब निकै लम्बिन सक्ने संकेत दिएका छन। तिनले मुद्दा निकै लम्बिए पनि आफु निर्दोश साबित हुने कुरामा आशावादी रहेको बताए। तीन कटहरे जंगल कहाँ छ भन्ने कुरा समेत आफुलाई थाह नभएको बताउँदै उक्त घटना सित आफ्नो नाम जोडिएकोमा आश्चर्य प्रकट गरे। यता अदालतमा आफ्ना हाजिरी दिन आएका छ्त्र सुब्बा, गोजमुमो नेता नोर्देन लामा, छत्र सुब्बा सितै जेल बसेर छुटेका बिजय छेत्री, गोजमुमो पार्टीमा केहिदिन अघिमात्र सामेल बनेका पुर्व बिधायक एन टी मोक्तान आदिले भने कुनै प्रतिक्रिया नदिई आ-आफ्नो बाटो लागे।



0 comments: on "12 वर्ष पछि तीनकटहरे गोलिकाण्ड चर्चामा : आरोपि आकास गुरुङ बिरुद्ध पक्राउ वारेण्ट जारी"
Post a Comment
Please be decent while commenting and register yourself with your email id. Your id will be kept secret, as far as practicable.