Tuesday, 31 January 2012

गोर्खा डेमोक्रेटिक फ्रन्टले उतराखण्ड विधान सभामा विजय हाशिल गर्ने दाबी..GTF team leaves for NE....छत्र सुब्बाको भ्रमण पश्चात्, पुन: गोर्खाल्याण्ड आन्दोलन थाल्ने संकेत : जनताको साथ पाइन्दै जानेछ, रणनीति बनिन्दै जानेछ् – छत्र सुब्बा....Kalimpong boy Bharat to lead India

News in Brief: 
GTF team to NE
KalimNews, Kalimpong: A team of Gorkhaland Task Force left Kalimpong on Wednesday for North East India. The team comprises of R. Moktan, Sukhman Moktan, Dawa Pakhrin and Kishore Pradhan. The Team will meet the Gorkha people of the NE hills and also has planned to meet P.A.Sangma former Lok Sabha speaker on 8 February and Chief Minister of Assam on 7 February, CM of Mizoram on 9 February and CM of Nagaland on 16 February. 
As per the itinerary the team will meet Chief ministers, MP and ministers of different states. Speaking to the reporters R Moktan and Kishore Pradhan informed that the delegate on 2 and 3 February will meet leaders and ministers of Assam in Guwahati while on 6 and 7 February of Meghalaya in Shillong, on 10 and 11 of Mizoram in Aizwal, on 14 and 15 of Imphal and 17 and of Kohima in Nagaland. The team will try to convince the ministers and MPs and request them to support the demand of Gorkhaland in the Parliament as well as make resolutions by the respective legislative assemblies. It will also try to clear the fact that formation of GTA is not the demand of Gorkhas and it will not solve the identity crisis of Gorkhas demanding Gorkhaland.
Another team will leave for North India and will meet leaders on 9-12 February of Jammu, 17 and 18 February of UP in Dharmashala, on 24 and 25 February in Chandigarh of Punjab. It will also organise demonstrations in Kolkata on 4 March and Delhi on 19 March.  GTF will also meet on 11 March in Delhi.    
Hunger strike continues
KalimNews: Saoumitra Mohan DM of Darjeeling has issued notice to the owners of Panighatta Tea Estate for not attending the two meetings called by the labour department. Workers of the TE are on relay hunger strike from 21st January. Another meeting for reopening of the Tea garden is called on 3rd February. 
गोर्खा डेमोक्रेटिक फ्रन्टले उतराखण्ड विधान सभामा  विजय हाशिल गर्ने दाबी
डी० के० वाइबा, कालिमन्युज, देहरादुन/कालेबुंग | : " गोर्खा जातिको सोझोपन र इमान्दारीको फाइदा उठाएर प्रत्येक राजनैतिक दलहरुले आजसम्म गोर्खाहरुलाई भोटब्यांक मात्र बनायो | प्रत्येक चुनावमा फोस्रो आस्वाशन दिने नेताहरु भोट जितेर मन्त्रीहरु बने तर आश्वासन कहिले पुरा भएन | गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा र राष्ट्रिय परिचय नेताहरुले भोट जितेर गए पनि बारम्बार भुल्ने गरेको छ | हामी गोर्खाहरुको निम्ति भारतको संविधान अनुरुप छुट्टै राज्य चाहन्छौ|त्यसर्थ सरकारले गोर्खाहरुलाई अब भोट ब्यांक मात्र बनाउनु होइन तर संवैधानिक अधिकार छुट्टै राज्य यथासिग्रह दिनुपर्छ " - उतराखण्ड राज्यको गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सुर्य विक्रम साहीले टेलिफोन मार्फत भर्खरै सम्पन्न उतराखण्ड विधान सभा चुनावको समिक्षा गर्दै हिजो यसरि कालिमन्युजलाई बताए |
तिनले गोर्खाहरु केवल भोटिंग मेशिन मात्र होइन तर गोर्खाहरुले देश संचालन समेत गर्न सक्ने दाबी गर्दै यसचोटी गोर्खा डेमोक्रेटिक फ्रन्टले उतराखण्ड विधान सभामा दुईजना उम्मेदवार खडा गरेको बताए | सोमबार सम्पन्न भएको उतराखण्ड विधान सभा चुनावमा गोर्खा डेमोक्रेटिक फ्रन्टका उम्मेदवारहरु भुपेन्द्र सिंह छेत्री अनि कुमारी पूजा छेत्रीले सम्पूर्ण गोर्खा समुदाय लगायत अन्य भाषी समुदायका मानिसहरुबाट उत्साह जनक भोट प्राप्त भएको तिनले दाबी गरे | तिनले यसै क्रममा आगमी ६ मार्चको दिन हुने चुनाव परिणाम घोषणामा आफ्ना दलका प्रार्थीहरुले विजय हाशिल गर्ने दाबी समेत गरे | गोर्खाहरुको भोट पाएर विजय हुने नेताहरुले गोर्खा जातिलाई नै अवहेलनाको दृष्टिले हेर्ने गरेको कारण अब गोर्खाहरुको एकता सबैलाई देखाउन आफुहरु राजनैतिक मैदानमा उत्रनु बाध्य बनेको तिनले थपे |
तिनले भारतभरी बसेका गोर्खाहरुको हक र अधिकारको कुरा उठाउने बताउँदै गोर्खाहरुले हक र अधिकारको कुरा गर्दा विदेशीको चश्माले हेर्नेहरुको मानसिकतामा परिवर्तन ल्याउने समय आएको शाहीले अझ बताए |उतराखण्डमा जीडीएफले कुनैपनि जाति वर्गमा भेदभाव नराखी आजसम्म कार्य गर्दै आएको दाबी गर्दै मानवताको मूल मन्त्रलाई सधै अघि राखेर कार्य गर्ने गरेको बताए | कुराकानी कै अवधि तिनले गोर्खा जनमुक्ति मोर्चाको नाम नलिकन आलोचना गर्दै कुनै पनि व्यक्ति बिशेष अथवा राजनैतिक दलले आफ्नो स्वार्थको निम्ति कार्य गर्छ भने त्यसको जीडीएफले कहिलयै स्वीकार नगर्ने दाबी गरे |दार्जीलिंग पहाडमा चलेको छुट्टै राज्यको आन्दोलनमा जीडीएफले सहयोग गरेको बताउँदै विकाशको मुद्दामा छुट्टै राज्यको मुद्दालाई त्याग्नु मुर्खता रहेको बताए | तिनले विकास मान्छेलाई चाहिन्छ भन्दै बिकासकै मुद्दामा छुट्टै राज्यको मुद्दा संग सम्झौता गर्छ भने त्यो स्वीकार्य नरहने तिनले बताए | सरकारले गोर्खाल्याण्डको मुद्दालाई दबाउन कुनै एउटा राजनैतिक दलका नेताहरुसित सम्झौता गरेर छुट्टै राज्यको मुद्दालाई दबाउन नसक्ने पनि दाबी गरे |
यसैक्रममा तिनले गोजमुमोले उतराखण्डमा निर्दलीय उम्मेदवार जगदीश चौहानलाई समर्थन गरेर तिनको पक्षमा भोट हाल्ने आह्वान गर्नु हास्यस्पद रहेको बताए| उतराखण्डमा मोर्चाको समर्थन नभएको दाबी गर्दै त्यसैको उदाहरण गोर्खा उम्मेदवार नपाएको तिनले थप दाबी गरे | तिनले जीटीएको खुल्ला विरोध गर्दै गोर्खाहरुको समस्या समाधान गर्न कुनै एउटा दलको सम्झौता स्वीकार्य नरहेको अझ बताए | गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको प्रश्नमा सरकारले समेत सम्पूर्ण भारतभरी छरिएका गोर्खाहरुको विचार बुझ्न आवश्यक रहेको बताउँदै यदी कुनै एउटा राजनैतिक पार्टीको दलीय स्वार्थको निम्ति सम्झौता गरे त्यसको परिणाम घातक हुने बताएका छन् | छुट्टै राज्यको आन्दोलनमा अनेकौ मानिसहरुले आफ्नो प्राण गुमाएपछि विकाशको मुद्दालाई अघि लगाउन उचित नरहेको बताए |
यसैक्रममा छुट्टै राज्यको निम्ति आफुहरु आफ्नो ज्यान दिन तयार रहेको तर कुनै पनि दलीय स्वार्थ माग्ने पक्षमा नरहेको पनि सुर्यविक्रम शाहीले स्पष्ट पारे |स्मरण रहोस उतराखण्ड विधान सभामा यसवर्ष दार्जीलिंग पहाडको शक्तिशाली राजनैतिक दल मानिने गोजमुमोले निर्दलिय उम्मेदवार जगदीश चौहानलाई समर्थनगरेको छ | मसुरी विधानसभा क्षेत्रबाट उठेको निर्दलीय उम्मेदवार जगदिश चौहानको सोझो प्रतिद्वन्द गोर्खा डेमोक्रेटिक फ्रन्टका प्रार्थी भुपेन्द्र सिंह छेत्रीसंग भएको थियो | यस चुनावी प्रतिद्वन्दमा कुदेका सम्पूर्ण उम्मेदवारहरुको भाग्य सोमबार सम्पन्न चुनावमा इभीएम मशिनमा बन्द भएको छ | मोर्चा प्रमुख बिमल गुरुङ, नारी मोर्चा प्रमुख आशा गुरुङ समेत चुनाव प्रचारमा पुगेका प्रार्थीको विजय निश्चित हुने मोर्चाले अगावै दाबी गरेपनि जीडीएफले मोर्चाको समर्थन नभएको दाबी गरेको छ | यस्तो अवस्थामा आगामी ६ मार्चमा हुने चुनावी परिणाम सबैको निम्ति चाखलाग्दो विषय बनेको छ|
छत्र सुब्बाको भ्रमण पश्चात्, पुन: गोर्खाल्याण्ड आन्दोलन थाल्ने संकेत : जनताको साथ पाइन्दै जानेछ, रणनीति बनिन्दै जानेछ् – छत्र सुब्बा
डी के वाइबा, कालिमन्युज, कालेबुंग 31 जनवरी: दार्जीलिंग पहाड लगायत तराई डुवर्सको भ्रमण गरेर गोर्खाल्याण्ड आन्दोलनका जंगी नेता छत्र सुब्बा कालेबुंग आफ्नो घरमा आईपुगेका छन। तिनले आज घरमा आए पछि भ्रमणको औचित्यबारे पत्रकारहरुले प्रश्न गर्दा आफु गोर्खाल्याण्ड आन्दोलनका ईमान्दार नेता रहेको कारण जनताको मनोभावना बुझ्ने कर्तब्य रहेको बताउँदै दार्जीलिंग पहाड लगायत तराई डुवर्सको भ्रमण गरेको बताए। गोर्खाल्याण्ड प्रेमी जनता आफ्नो घरमा हुल बाँधेर आउँन् नसक्ने भएको कारण जनताको मनोभाव बुझ्न आफै बिभिन्न स्थानहरुमा गएको तिनले पत्रकारहरुलाई बताए पछि बिभिन्न स्थानहरुमा जाँदा सदभावना कार्यक्रमको निम्ति भ्रमण गरेको भन्ने कुरा पनि गलत साबित भएको छ।
बिभिन्न स्थानहरुको भ्रमण गरेर घर आईपुगेका छत्र सुब्बाले आफ्नो भ्रमणको अवधी जनता अझै पनि छुट्टै राज्य गोर्खाल्याण्ड मुद्दामा ईमान्दार रहेको दाबी गर्दै सबै कुरा भविष्यमा खुलासा हुने बताउँदै तिनले आन्दोलनलाई पुन शुरु गर्ने संकेत दिए। तिनले जति जति जनताको साथ पाउँदै जानेछु त्यति त्यति रणनीति बनिन्दै जानेछ् भनेर रणनीति अहिले नै नबताउँने बताए। यसै अवधि तिनले कुराकानी गर्दै गोर्खाल्याण्डको आन्दोलन गर्ने आन्दोलन प्रति आफ्नो भोक् आलै रहेको बताए। तिनले छुट्टै राज्यको आन्दोलन शुरु गर्ने संकेत दिए तापनि आन्दोलन गोर्खा लिबरेसन अर्गनाईजेसन(जीएलओ) पार्टीकै ब्यानरमा गर्ने हुन अथवा अन्य कुनै राजनैतिक पार्टीमा लागेर गर्ने हुन भन्ने कुराको भने कुनै संकेत दिएनन। यसै अवधी तिनले देश, काल र परिस्थिति हेरेर जनताको बिचार भुझ्दै कार्यक्रमहरु अघि बडाउँने पनि पत्रकारहरुलाई बताए।
सुब्बाले केहि दिन अघि गोजमुमो प्रमुख बिमल गुरुंग संग रेलीको बगरमा भएको भेटघाट नितान्त सामन्य भेटघाट रहेको पुन दोहो-याए। आफुले कुनै राजनैतिक पार्टीहरुलाई बाधा दिन नखोजे बताउँदै आफुलाई पनि कसैले बाधा दिन खोजे त्यसको नतिजा भयंकर हुने अनि उक्त नतिजा भोग्न तयार रहनु पर्ने तिनले चुनौती दिए। यसै अवधी तिनले जुनसुकै दलहरुले आफूलाई जेसुकै प्रतिक्रिया नदिने सल्लाह दिदै आफु बोल्न परे खत्रा हुने सुब्बाले बताए। पत्रकारहरुसित कुराकानी गर्दै तिनले माटोको आन्दोलनमा जनता सचेत बन्नुपर्ने आह्वान गरे। गोर्खाल्याण्ड आन्दोलनको निम्ति तिनले महत्वपूर्ण कार्यहरुको गरेको बताउँदै जनता तयार बस्नु पर्ने अनि भविष्यमा कुनै पनि ईतिहासकारहरुले छत्र सुब्बाले गोर्खाल्याण्डको निम्ति केही गरेन भनेर लेख्न नसक्ने कार्य गरेरै छोड्ने तिनले बताए।
Kalimpong boy Bharat to lead India
TT, 31 January 2012, New Delhi: Goalkeeper Bharat Chhetri has been named the captain of the Indian hockey team for the crucial Olympic qualifiers to be held at the Dhyan Chand Sports Complex here from February 18.
Chhetri, who hails from Kalimpong, was also the captain of the side during the tour of Australia last October. Ace midfielder Sardara Singh has been named the vice-captain.
Former captain Rajpal Singh failed to find a place in the team, who, according to sources, is still not match-fit after undergoing an appendix surgery. During the last series against South Africa, chief coach Michael Nobbs expressed doubts about the fitness of Rajpal.
However, Rajpal has questioned Hockey India’s decision to rule him ‘unfit’ for the Olympic qualifiers without even conducting his fitness test.
The squad
Goalkeepers: Bharat Chhetri (captain), P.R. Sreejesh; Defenders: Sandeep Singh, V.R. Raghunath, Rupinderpal Singh; Midfielders: Sardara Singh (vice captain), Manpreet Singh, Birendra Lakra, Ignace Tirkey, Kothajit Singh; Forwards: SV Sunil, Sarvanjit Singh, Shivendra Singh, Gurvinder Singh Chandi, Tushar Khandke r, Danish Mujtaba, Yuvraj Walmiki, SK Uthappa.
Standbys: Manjeet Kullu (defender), V.S. Vinaya (midfielder), Arjun Halappa (midfielder), Chinglensana Singh (forward).

0 comments:

Post a Comment

Please be decent while commenting.

 

KALIMPONG NEWS | Copyright © 2011 | Powered by Blogger | Blog Designed By Yogen Basnet